News Update

News Update

Bangladesh permits Nepal’s yarn export via Banglabandha Dry Port

नेपालको धागोलाई बंगलादेशले सुक्खा बन्दरगाह प्रयोग गर्न दिने

 

बंगलादेशले नेपालबाट निकासी हुने धागोका लागि सुक्खा बन्दरगाह प्रयोग गर्न दिने भएको छ । यसले नेपालको धागो बंगलादेश निकासीका लागि सहज पहुँच पुगेको छ । धागो निर्यातकर्ताले अब बंगलादेशको बंगलाबन्ध सुक्खा बन्दरगाह प्रयोग गरी सहज रुपमा कारोबार गर्न सक्ने ढाकास्थित नेपाली दूतावासले जनाएको छ 

यसले व्यापारको लागत घटाउन मद्दत पुग्नेछ । नेपालले लामो समयदेखि नेपाली उत्पादनलाई सहज पहुँच दिन बंगलादेशलाई आग्रह गर्दै आएको थियो । नेपालबाट निर्यात हुने वस्तुमा धागो प्रमुख पाँचभित्र पर्दछ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट ३ अर्ब ३० करोड रुपैयाँ बराबरको धागो भारतबंगलादेश लगायत मुलुकमा निर्यात भएकोछ